लागुऔषध कारोबारका गिरोह पक्राउ — OSNepal

लागुऔषध कारोबारका गिरोह पक्राउ

Kesh Karki (USA) August 06, 2021 0

लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ ।असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरीे अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई पक्राउ परेका छन् ।
लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो ।रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बानियाँसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की फेला पारेको थियो ।

मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन र नवलपरासीकै सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन पनि लागुऔषध कारोबारमा सम्लग्न देखिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर