फेरी ह्वात्तै बढ्न थाल्यो कोरोना महामारी — OSNepal

फेरी ह्वात्तै बढ्न थाल्यो कोरोना महामारी

LC (KTM) August 06, 2021 0

साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । उदयपुरमा एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन् ।

स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताउनुभयो । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उहाँको भनाइ थियो ।

घटेर शून्यको अवस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा वृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् ।

मालपोत कार्यालय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर