आज दोस्रो दिन पनि पार्टी एकता गर्ने या विभाजन तिर लाग्ने विषयमा नेपाल समुहको केन्द्रीय कमिटीको बैठक सुरु — OSNepal

आज दोस्रो दिन पनि पार्टी एकता गर्ने या विभाजन तिर लाग्ने विषयमा नेपाल समुहको केन्द्रीय कमिटीको बैठक सुरु

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि सुरु भएको छ ।

हिजो बिहिबाबाट सुरु भएको बैठकमा केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राख्दै आएका छन् । काठमाडौंको बुद्धनगरस्थित् क्वालिटी बैंक्वेटमा जारी बैठकमा पार्टी एकता गर्ने कि विभाजन तिर जाने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

हिजो बैठकले अध्यक्ष केपी ओली पक्षलाई विधान महाधिवेशन रोक्न आग्रह गरेको थियो । बैठकमा नेता नेपालले आफ्नो चाहाना एकता गर्ने भएपनि ओलीको व्यवहारप्रति शंका लागेको समेत बताएका थिए ।

बैठकमा केहि नेताहरुले एकता नगरे नेपालको साथ छोड्ने समेत निणर्य गरेका थिए । अन्यले भने यस्तो अवस्थामा आएर ओलीसँग मिल्नु भनेको आत्मसमपंण गर्नु निष्कर्ष निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर