सत्ता गठवन्धनको कार्यदलले २५ औं दिनमा बुझायो कार्यविधिसम्वन्धि प्रतिवेदन — OSNepal

सत्ता गठवन्धनको कार्यदलले २५ औं दिनमा बुझायो कार्यविधिसम्वन्धि प्रतिवेदन

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । सत्ता गठवन्धनको पाँच शिर्ष नेतासहित गठित गठबन्धन कार्यदलले आज शुक्रबार २५ औं दिनमा प्रधानमन्त्री शेरबादुर देउवालाई कार्यविधिसम्वन्धि प्रतिवेदन बुझाएको छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन आचासंहिता र सत्ता संचालन कार्यविधिसम्बन्धी प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

प्रतिवेदन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले हस्तान्तरण गरेका हुन् । कार्यदलले बुझाएको यो प्रतिवेदनसँगै अब सरकार विस्तार गर्न सहयोग हुने भएको छ ।

यसैगरी , शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गरिने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर