नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् एकै पटक पाँच शिशु — OSNepal

नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् एकै पटक पाँच शिशु

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । एक महिलाले एकै चोटी पाँच सन्तानलाई जन्म दिएकी छन् ।

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले काठमाडौं स्थित थापाथली परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत पाँच सन्तानलाई जन्म दिएकी हुन् ।

शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले एक मृत शिशुलाई जन्म दिएकी हुन् । मत शिशु छोरा रहेको र बाँकी जिवित चार जना छोरी रहेको अस्पताले जनाएको छ ।

अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीले दिएको जानकारी अनसार एक शिशु मात्र नआईसीयूमा राखेको र बान्की तिन बच्चा आमालाई दिइसकेको जनाइएको छ ।

शिशुको तौल क्रमश १।८, १।९, १।६ ग्राम रहेको छ । एनआईसीयूमा राखेको बच्चाको तौल भने आठ सय ग्राम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर