२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित — OSNepal

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

LC (KTM) August 06, 2021 0

काठमाडौं । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्‍याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र साउन दोस्रो तेस्रो मेलम्चीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको जनाएको छ । मन्त्रालयले भौतिक संरचनामा पुगेको क्षतिका कारण अब उक्त संरचना निर्माणका लागि कति समय लाग्ने भन्ने टुंगो लागिनसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर