अत्यधिक चिसोका कारण इटहरीका विद्यालय दुई दिन बन्द गर्ने निर्णय — OSNepal

अत्यधिक चिसोका कारण इटहरीका विद्यालय दुई दिन बन्द गर्ने निर्णय

LC (KTM) January 23, 2025 0

धरान (सुनसरी)- अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर