काठमाडौँ, २ माघ : सयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र नेपालको शान्ति प्रक्रियामा भूमिका खेलेको अनमिनका तत्कालीन नेपाल प्रमुख ईयान मार्टिनबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रमुख मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकाले जतिसक्दो छिटो यसलाई टुङ्ग््याउन सुझाव दिनुभएको नेता कोइरालाको सचिवालयले जनाएको छ । साथै उहाँले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने उल्लेख गर्नुभएको थियो ।
तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई टुङ््याउनुपर्नेमा मार्टिनले जोड दिनुभयो ।