आइसीसीसी क्यानडा समिट २०२५ मा जे देखियो, हेर्नुहोस् यी १२ तस्विर — OSNepal

आइसीसीसी क्यानडा समिट २०२५ मा जे देखियो, हेर्नुहोस् यी १२ तस्विर

admin January 10, 2025 0

काठमाडौँ – ‘क्यानडा समिट २०२५’ सम्पन्न भएको छ । बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम ३ सय भन्दा बढी विद्यार्थीहरूको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै सम्पन्न भएको आइसीसीसीका एमडी राम खड्काले जानकारी दिए । एमडी खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको थियो । समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्थाहरू सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अवसर सहभागीले पाएका थिए। उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञहरूसँग आफ्ना शैक्षिक योजनाहरूमा मार्गदर्शन लिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै आयोजकलाई धन्यवाद दिए। ‘धेरै परामर्शदाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन्।

तर, आइसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने। क्यानडामा अध्ययन गर्नका लागि आइसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा थियो। कार्यक्रममा सहभागिता जनाएका कलेजका प्रतिनिधिहरूले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागीहरू भेटेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयहरूमाथि गहन प्रश्न सोधेका थिए । यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित बिद्यार्थीले बताए । आइसीसीसीले भविष्यमा यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कलेजका प्रतिनिधिहरूले पनि आइसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर