२०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटी सिडनी अष्ट्रेलियाले बिगतका चार वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको माघी पर्ब पनि बिबिध कार्यक्रम सहित अष्ट्रेलियाको सिडनीमा हर्ष उल्लासका साथ मनाउदै छ । यस पटक नेपालकै सर्वाधिक चर्चित गायीका अनु चौधरीको उपस्थितिले थप रौनक हुनेछ। सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन चौधरी दिएको जानकारी अनुसार कार्यक्रम आउदो जनवरी १४ मंगलवार (थारु सम्बत २६४८ , माघ १/माघे सक्रान्ति) का दिन सॉझ ५ बजे देखि रात १० वजे सम्म ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुदैछ।
सुमधुर स्वरकी धनी अनु चौधरीको प्रस्तुती संगै थारु रिति रिबज अनुसार लाठी नाच, झुमरा नाच, आदी नृत्य, थारू परिकार र खानपिन सहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। कार्यक्रम बारे थप जानकारीका लागि अरुण आर्यण चौधरीलाई ०४०१४३५९५९ वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई ०४११६८८७९८ सम्पर्क गर्न अनुरोध गरिएको छ।