दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ — OSNepal

दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । स्थानीय एक युवालाई डोरीले बाँधी निर्घात कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय २२ वर्षीय सर्पे नेपालीलाई डोरीले बाँधेर निर्मम तरिकाले कुटपिट गरेको आरोपमा वडाध्यक्षलाई आज बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

स्थानीय युवालाई कुटपिट गरेको समाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा सबैल जानकारी पाएका हुन् । पक्राउ परेका वडाध्यक्षलाई कानुनी रुपमा कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले सम्म उजुरी दिएका छैनन् । तर पनि घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ । पिडितलाई पनि सदमुकाम बोलाइएको छ भने प्रहरीले जाहेरी दिन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर