अब जग्गा कित्ताकाट गर्न नपाइने ! — OSNepal

अब जग्गा कित्ताकाट गर्न नपाइने !

LC (KTM) August 05, 2021 0

काठमाडौँ- काठमाडौँका केही स्थानमा जग्गा कित्ता काट गर्न रोक लगाइएको छ ।काठमाडौँको पूर्वी क्षेत्रमा नयाँ सहर विस्तारका जग्गाको कित्ताकाट रोक लगाएको हो । काठमाडौँका गोकर्णेश्वर, कागेश्वरी(मनहरा र शंखरापुर नगरपालिका क्षेत्रलाई समेटेर नयाँ सहर विस्तारका लागि उपत्यका विकास प्राधिकरणले दुई वर्षका लागि कित्ताकाट गर्न रोक लगाएको हो।

उपत्यका विकास प्राधिकरण अन्तर्गत तीन नगरपालिकाले गठन गरेको ‘पूर्वी काठमाडौँ नयाँ सहर विकास आयोजना’ले आठ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न र जग्गाको स्वरुप परिवर्तन गर्न नपाउने सूचना प्रकाशित गरेको हो।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले जानकारी दिएको हो । सूचनाअनुसार दुई वर्षम्म जग्गाको कित्ताकाट गर्दा न्यूनतम आठा आनाको सम्म टुक्रा बनाउन पाउने र यसअघि नै आठा आनाभन्दा कम रहेका जग्गालाई थप कित्ताकाट गर्न पाइने छैन।तर साविकका टुक्रा जग्गा किनबेचमा भने प्रतिबन्ध लगाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर