दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य — OSNepal

दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य

LC (KTM) November 25, 2024 0

काठमाडौँ, १० मङ्सिर : दृष्टिबिहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको लाहोरमा जारी दृष्टिबिहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिल ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

अहिले अफगानिस्तानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा पाँच ओभर खेल्दै दुई विकेट गुमाएर ३२ रन बनाएको छ ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर