१२ गाउँको रापलाई पछि पार्ने गरि पुष ५ मा आउँदैछ फिल्म ‘देव वाणी’ — OSNepal

१२ गाउँको रापलाई पछि पार्ने गरि पुष ५ मा आउँदैछ फिल्म ‘देव वाणी’

admin November 22, 2024 0

काठमाडौँ । यहि मंसिर ७ मा रिलिजको तयारीमा रहेको ‘देव बाणी’ले प्रदर्शन स्थगीत गर्दै आगामी पुष ५ का लागि नयाँ प्रदर्शन मिति तय गरेको छ । हलमा ‘पूर्ण बहादुरको सारंगी’ र ‘ह्रस्व दिर्घ’ चलिरहेको समयमा कुनै पनि नेपाली फिल्मलाई समस्या नहोस् भन्ने द्येयले मंसिर ७ को प्रदर्शन मिति स्थगीत गरेर प्रदर्शन एक महिना पछि सारिएको फिल्मका कार्यकारी निर्माता रमेश ढुंगेल ९झापाली०ले जानकारी दिए ।

नेपाली चलचित्रले दर्शकको मन जितिरहेको अवस्थामा नयाँ फिल्म प्रदर्शनमा आउँदा शो संख्या बाँडिने र त्यसले कुनै पनि फिल्मलाई फाइदा नपुग्ने भन्दै अर्को मिति घोषणा गरिएको निर्माण निर्माण पक्षले जनाएको छ । फिल्ममा अभिनेता कुन्दन भारद्धाज र अभिनेत्री अनुजा लेप्चालाई डेब्यू गराइएको छ । बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहेको छ । एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ ।

फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्। हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्।

फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ ।

सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।
नेपाली फिल्म ‘देव बाणी’को प्रचारको लागि केही हप्तामै नेपाल आउने निर्माण पक्षले जनाएको छ । फिल्ममा कुन्दनको एक्सन र अभिनयले १२ गाउँको रापलाई पछि पार्ने दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर