आगामी दिनमा व्यवस्थित गर्न आफ्नो अनुभव र ज्ञानले मद्दत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको छु : पारस खड्का — OSNepal

आगामी दिनमा व्यवस्थित गर्न आफ्नो अनुभव र ज्ञानले मद्दत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको छु : पारस खड्का

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अब आफु खेलाडीका रुपमा नभएर व्यवस्थापनमा आउन मन लागेको बताएका छन् ।

आफुले खेलाडी भएर गर्न सक्ने जति बसेको गरेको बताएका खड्काले भने, ‘म लगायत धेरै खेलाडी छन्, मभन्दा अगाडिका खेलाडीहरु पनि छन्, क्रिकेटका अरु स्टेकहोल्डरहरु पनि छन् ।

आगामी दिनमा व्यवस्थित गर्न आफ्नो अनुभव र ज्ञानले मद्दत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको बताएका खड्काले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै ‘जो जा हुनुहुन्छ, उहाँहरुलाई मिलेर काम गर्नुपर्ने समेत बताएका छन् ।

जसरी खेलाडी र प्रशिक्षकले आफ्नो जिम्मेवारी निभाएका छन्, अरुले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ । उनले भने, ’क्रिकेट व्यवस्थापनमा आउने निर्णयलाई करियरको शुरुवात मानेका खड्काले क्रिकेट संघको पदाधिकारी वा कोषाध्यक्ष वा अध्यक्ष हुँदैमा सबथोक नहुने बताएक छन् ।

आज पत्रकार सम्मेलन माफर्त यस्तो जानकारी गराएका हुन् । आफु क्यानमा आओस् भन्ने मानिसहरुमा रहेको भएपनि आफुले मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको खड्काको भनाई रहेको छ ।

आफुले सही समय आएर सन्यास लिएको बताएका खड्काले युवा खेलाडीहरु क्षमतावान् रहेको र विश्वकपको तयारीका लागि पर्याप्त समय रहेको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर