राष्ट्रियसभाबाट ‘तथ्याङ्क विधेयक, २०७८’ पारित — OSNepal

राष्ट्रियसभाबाट ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

LC (KTM) August 04, 2021 0

काठमाडौँ, २० साउन . राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफसमेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर