काठमाडौँ उपत्यकामा ड र लाग्ने गरी बढे कोरोना संक्रमित — OSNepal

काठमाडौँ उपत्यकामा ड र लाग्ने गरी बढे कोरोना संक्रमित

LC (KTM) August 04, 2021 0

काठमाडौं- पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या ड र लाग्ने गरी बढ्न थालेको छ । २४ घण्टामा मात्रै ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । १ हजार ५३५ जनाले कोरोना जितेका छन् ।हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर