गुल्मीमा २४ घण्टामा ११ जना कोरोना संक्रमितले ज्या न गुमाए — OSNepal

गुल्मीमा २४ घण्टामा ११ जना कोरोना संक्रमितले ज्या न गुमाए

LC (KTM) May 16, 2021 0

तम्घास – दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृ त्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडाँै, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्या न गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

गुल्मीमा दोस्रो चरणको कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये ९३४ सक्रिय छन् । सक्रिय सङ्क्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म जिल्लाका कूल २०६ सङ्क्रण मुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर