भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरी पक्राउ परेका छन् । उनलार्य भक्तपुरस्थित आफ्नै घरबाट सीआईबीको टोलीले मंगलबार मध्यान्नह १२ बजेको समयमा पक्राउ गरेको हो ।
प्रसाईंको फेसबुक पेजबाट सोमबार एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक भए लगत्तै पक्राउ गर्ने तयारी गरेको सीआईबीको टोलीले सोमबार बिदा भएका कारण आज मात्रै उनलाई नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरिएको हो ।
गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका थिए।
प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो।