२४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु — OSNepal

२४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

LC (KTM) August 04, 2021 0

काठमाडौं- पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या डर लाग्ने बढ्न थालेको छ ।२४ घण्टामा मात्रै ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । १ हजार ५३५ जनाले कोरोना जितेका छन् ।हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर