ड्रेस डिजाइनरका रूपमा चर्चा कमाएका मदनलालको कौशलता हेर्नुहोस् — OSNepal

ड्रेस डिजाइनरका रूपमा चर्चा कमाएका मदनलालको कौशलता हेर्नुहोस्

admin November 15, 2024 0

काठमाडौं। ड्रेस डिजाइनरका रूपमा मदनलाल श्रेष्ठले आफ्नो कौशलता प्रदर्शन गर्दै आउनुभएको छ । नयाँ-नयाँ डिजाइनमा सानैदेखि लगाव राख्ने उहाँ पछि यही क्षेत्रमा हेलिँदै जानुभयो । यस सम्बन्धी सिकेर यो क्षेत्रमा आफू लागेको मदन बताउनुहुन्छ । काभ्रेको बनेपमा मानलाल श्रेष्ठ र सन्तमाया श्रेष्ठको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका मदन ड्रेसमा नयाँ-नयाँ डिजाइन क्रियशनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।

सामाजिक संघसंस्थामा पनि क्रियाशील मदन सामाजिक कार्य हरेक मान्छेको कर्तव्य भएको र आफूले पनि त्यही कर्तव्य निवार्ह गरेको बताउँनुहुन्छ । ड्रेस डिजाइन एक कला भएको बताउँनुहुने उहाँ पछिल्लो समय नेपालीहरूमा ड्रेसप्रति सचेत हुँदै गएको बताउँनुहुन्छ । ‘यो एक कला हो । डिजाइन र सौन्दर्य महसुस गर्ने कला हो । पछिल्लो समय हामीकहाँ पनि आफ्नो ड्रेसप्रति सचेतहरूको पंक्ति बढ्दै गएको छ,’ उहाँ बताउँनुहुन्छ ।

फेसन (ड्रेस) डिजाइनहरू सांस्कृतिक र सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् र समय र स्थानमा परिवर्तन भएका छन् । फेसन डिजाइनरहरूले कपडा र सामानहरू डिजाइन गर्न विभिन्न तरिकामा काम गर्छन् । सुन्दर ढंगले पहिरनलाई आकर्षक बनाउँछ । यस्तो डिजाइन व्यक्तिगत र सामुहिक हुन्छ । विभिन्न फेशन शो र सौन्दर्य प्रतियोगिताका डिजाइन एवम् व्यक्तिगत डिजाइन यसमा पर्ने मदन बताउँनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर