मकवानपुरमा नयाँ उद्योग दर्ता — OSNepal

मकवानपुरमा नयाँ उद्योग दर्ता

Kesh Karki (USA) August 04, 2021 0

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटाँैडाले जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार ५०० वटा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको जनाएको छ ।

कार्यालयका अनुसार एक हजार ६९८ वटा नयाँ उद्योग तथा ८०२ वटा नयाँ वाणिज्य गरी कूल दुई हजार ५०० उद्योग तथा व्यवसाय सञ्चालनका लागि उक्त अवधिमा दर्ता भएको छ । साथै कार्यालयले गत आर्थिक वर्षमा उद्योग तथा व्यवसायको नयाँ तथा नवीकरण दर्ता लगायत व्यवसाय रजिष्टे«शन, प्रशासनिक सेवा शुल्क, दण्डजरिवाना र बेरुजु असुलीबाट रु पाँच करोड ३ लाख आठ हजार ८६८ राजस्वसमेत सङ्कलन भएको बताइएको छ ।

प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा व्यवसाय रजिष्टेशनबाट रु चार करोड ७२ लाख ५६ हजार ७४८ , प्रशासनिक सेवा शुल्कबाट रु २२ लाख ५० हजार ३२०, दण्डजरीवानाबाट रु आठ लाख र बेरुजुबाट रु १८ हजार गरी जम्मा रु पाँच करोड तीन लाख आठ हजार २५ हजार ६८ सङ्कलन भएको उल्लेख गरिएको छ ।

सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिनेदेखि बैंकिङ प्रयोजनमासमेत सहजता ल्याएपछि व्यवसाय दर्ता वृद्धि भएको र राजस्वमासमेत वृद्धि भएको कार्यालय प्रमुख जगन्नाथ दाहालले बताउनुभयो । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण रु पाँच लाख पूँजीसम्मका व्यवसाय स्थानीय तहमा दर्ता हुने भए पनि अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा १२४ प्रतिशतले राजस्व वृद्धि भएको जनाइएको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड २४ लाख ८६ हजार ८२० कूल विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा उद्योगतर्फ नवीकरण ७८६ वटा, नामसारी ११५ वटा, ठाउँसारी ४३ वटा, उद्योग थप गरी ५५ वटा लगत कट्टा १०१ वटा, पुँजी वृद्धि ३०० र प्रतिलिपी प्रदान ९५ जनालाई दिएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर