स्वभाविक रुपले नआएको यो सरकारले १२–१५ महिनाभित्रको समयमा धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले फ्रि भए काम गर्न दिनुपर्छ — OSNepal

स्वभाविक रुपले नआएको यो सरकारले १२–१५ महिनाभित्रको समयमा धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले फ्रि भए काम गर्न दिनुपर्छ

LC (KTM) August 04, 2021 0

काठमाडौं २० साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले अहिलेको सरकारलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताएका छन् ।

आज बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता थापाल अहिलेको सरकार निकै अप्ठयारो अवस्थामा आएको अवगत गराउँदै सरकारलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताएका हुन् ।

स्वभाविक रुपले नआएको यो सरकारले १२–१५ महिनाभित्रको समयमा हामीले धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले प्रधानमन्त्री शेर बहादुर देउवालाई फ्रि भएर काम गर्न दिनुपर्ने जनाएका हुन् ।

‘प्रधानमन्त्रीलाई होईन यसलाई संसदमै राखेर हुन्छ भनेर यसको उपयोगिता लाग्छ भने सांसद नै भएर काम गर्ने हो । होईन, कुनै मन्त्रालयको जिम्मेवारी दिएर अहिले मेरो सरकारमा काम गर्नुपर्छ भन्ने लाग्ने हो भने के हुने हो त्यो प्रधानमन्त्रीलाई स्वतन्त्र छोड्नुपर्छ ’ उनले अघि भने ।

यदि आफुलाई सरकारमा आएर काम गर भने आफु तयार रहेको बताएका थापाले प्रधानमन्त्री देउवाले ‘होईन, सरकार म यसरी चलाउँछु, यसरी मिलाउँछ अहिलेलाई तिमी संसदमै बसेर काम गर भन्नुहुन्छ भने संसदमै बस्न तयार भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर