मोटरसाइकल चोरी गरेको अभियोगमा समातिए प्रकाश र धिराज — OSNepal

मोटरसाइकल चोरी गरेको अभियोगमा समातिए प्रकाश र धिराज

LC (KTM) August 04, 2021 0

कास्की, २० साउन-पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलिबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । २०७८ वैशाख २६ गते राति उक्त मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई चोरी गरेको उक्त मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर