करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट नष्ट — OSNepal

करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट नष्ट

LC (KTM) August 04, 2021 0

तनहुँ, २० साउन-तनहुँका विभिन्न स्थानमा करिब ३५ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३ हजार ८० बोट गाँजा सोमबार र मंगलबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

बन्दिपुर गाउँपालिका-१ सिल्थोक, बरालथोक, तीनधारा,भैसेखार र चेन्चास्थित १३ रोपनी, म्याग्दे गाउँपालिका-७ हर्षपुर र डाँडागाउँमा ३ रोपनी, भानु नगरपालिका-११ खाल्टे रुपाकोटमा १० रोपनी, भिमाद नगरपालिका-७ राजढुङ्गामा २ रोपनी, व्यास नगरपालिका-१० कुचेटारमा ४ रोपनी र घिरिङ गाउँपालिका-१ अमराईटोलमा ३ रोपनी जग्गामा उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट समेत खटिएको प्रहरी टोलीले स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको उपस्थितिमा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर