डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज — OSNepal

डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

admin October 28, 2024 0

काठमाडौं । विवाहित महिलाहरुको प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक एवम् माईतिनेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन् ।

उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वार्ल्ड नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरिन् ।प्रतियोगितामा मिसेस नेपाल वल्र्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाँसिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भागलिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए । सोही समारोहमा नेपालकी अग्रज अभिनेत्री वसन्धुरा भूषाललाई विगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वल्र्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो ।

माइतीनेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेकी हुन् ।

सो क्रममा मानार्थ सम्मान अघि बसुन्धरा भूषालको सम्मानमा उनका आधादर्जन गीतहरुमा नृत्य प्रस्तुति गरिएको थियो । हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनका टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरे । मिसेस नेपाल वर्ल्डको मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको चरित्र अभिनेत्री भूसालले कार्यक्रममा बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर