हर्कुलस बस्नेतको 'मेरो अन्तिम माया' — OSNepal

हर्कुलस बस्नेतको ‘मेरो अन्तिम माया’

admin October 27, 2024 0

काठमाडौं । स्थापित संगीतकार तथा गायक हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक भएको छ । हालै युट्यूवबाट वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमभाव प्रस्तुत गर्छ ।

प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत वर्णन गरिएको छ । गीतको संगीत हृदयस्पर्शी छ । गीतमा स्वर तथा संगीत हर्कुलस एण्ड ब्याण्डको छ । शब्द रचनाकार उर्मिला गुरुङ हुन् ।

झण्डै एक दशक लामो सांगितिक करियरमा थुप्रै फिल्ममा संगीत भरिसकेका हर्कुलस युवा पुस्तामा रुचाइएका सर्जकमा पर्छन् । उनले गीतमा जोड्ने मेलोडियस संगीतले मन्त्रमुग्ध पार्छ । ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ लगायतका फिल्ममा उनको गायन र संगीत जोडिएका थुप्रै गीत करोडौंले हेरेका छन् ।

पछिल्लो रिलिज यो गीतमा मिक्सिङ तथा मास्टरिङ निश्चल भण्डारीको छ । गौरव बिष्टले छायांकन तथा सम्पादन गरेका हुन् । ‘मेरो अन्तिम माया’लाई अमेरिका रहँदै आएकी दिलाशा बस्नेतले निर्माण गरेकी हुन् ।संगीतको कुनै वर्ग र सिमा नहुने भन्दै युवा पुस्तादेखि वयस्कसम्मका संगीत पारखीहरूलाई लक्षित गरेर यो गीत तयार गरिएको हर्कुलस बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर