वर्तमान सरकारको सय दिनमा उपलव्धीपूर्ण काम भएको प्रकाशमान सिंहको दाबी — OSNepal

वर्तमान सरकारको सय दिनमा उपलव्धीपूर्ण काम भएको प्रकाशमान सिंहको दाबी

LC (KTM) October 27, 2024 0

काठमाडौं- उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको सय दिनमा उपलव्धीपूर्ण काम भएको दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सवै मन्त्रालयले आफ्नो दायित्वभित्रको काम गरेको र उपलव्धीपूर्ण काम भएको दावी गर्नुभएको हो ।

सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने भन्दै उहाले विपक्षी दललाई सरकारमाथि टिप्पणी गर्ने अधिकार भएको जिकिर गर्नुभयो । सिंहले विधि र कानून अनुसार राज्यले काम कारवाही गरेकाले कसैलाई अनुसन्धानका लागि पक्राउ गर्दा विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो ।

उहाले सरकारलाई प्रभावकारी रुपमा अढि बढाउनका लागि सरकारमा रहेका दलहरुबीच समन्वय गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर