राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन — OSNepal

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

LC (KTM) October 25, 2024 0

काठमाडौँ, ९ कात्तिक : राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ । नेता महतो नेतृत्वमा दल दर्ताका लागि आज आयोगमा निवेदन दिइएको सो दलका नेता केशव झाले बताउनुभयो । नयाँ पार्टीमा अध्यक्षसहित एकसय ७३ केन्द्रीय सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।

“राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानुनअनुसार आवश्यक सबै कागजातहरु यसै पत्रसाथ संलग्न गरी पठाइएको छ”, सो दलले आयोगमा पेस गरेको निवेदनमा भनिएको छ ।

पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर