आज राति अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै — OSNepal

आज राति अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

LC (KTM) October 21, 2024 0

काठमाडौँ, ५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । उहाँ कात्तिक दोस्रो साता स्वेदश फर्किनुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर