उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय — OSNepal

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

LC (KTM) October 17, 2024 0

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी दिनुभयो ।

त्यसैगरी, वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता सापकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर