अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति — OSNepal

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

LC (KTM) October 16, 2024 0

पाल्हीनन्दन (नवलपरासी ब सु प) – यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ ।

जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिनुुभयो । कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताउनुभयो ।

सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएएको बताउनुभयो । उहाँले यी दुवै खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गर्नुभयो ।

पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताउनुुभयो । स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर