मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका मृत फेला — OSNepal

मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका मृत फेला

LC (KTM) October 14, 2024 0

फुङ्लिङ (ताप्लेजुङ), २८ असोज : ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।

बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर