सर्ट मुभी "दाइजो प्रथा" को छायांकन सम्पन्न — OSNepal

सर्ट मुभी “दाइजो प्रथा” को छायांकन सम्पन्न

admin October 14, 2024 0

तराई–मधेसको समुदायमा अझै पनि विकराल समस्याका रुपमा रहेको दाइजो प्रथाले समाजमा ल्याएको विकृति बारे सन्देशसहित निर्माण गर्न लागिएको छोटो चलचित्र “दाइजो प्रथा” को छायांकन सकिएको छ ।

बैंक तथा वित्तीय संस्थामा विगत डेढदशकदेखि सकय दिनेश निरौलाले निर्देशन गरेको उक्त सन्देशमुलक चलचित्रको धनुषा र महोत्तरीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

दाइजो प्रथाको रोकथाम र समाज सशक्तिकरणको सन्देश दिन निर्माण गरिएको चलचित्रमा पूजा ठाकुर र निर्देशक निरौलाकै मूखय अभियनय रहेको छ भने अनिता रानी मण्डल,चन्देश्वर सिंहं,बिन्देश्वर सिंह,कृष्ण सुबेदि ,सरिता ठाकुर लगायतका कलाकारले हरुले पनि अभियनय गरेका छन् । चलचित्रको गीतमा गायिका रचना रिमालले स्वर दिएकी छन् । सहायक निर्देशक तथा सल्लाहाकारमा सन्जय साह रहेका छन् । उक्त छोटो चलचित्र आगामी मंसिरमा प्रदर्शनमा आउने निरौलाले जानकारी दिए।

छोटो चलचित्रमा दाईजो लिएर विवाह गर्दा त्यसले घरपरिवार र समाजमा निम्तिएका समस्याहरुलाई उठान गरिएको भन्दै निरौलाले दाइजो प्रथाले महिलाहरूले अपमान व्यवहोर्ने र अकालमै मृत्युवरण गर्नुपर्ने सम्मका दृष्टान्तहरू रहेको बताए । यस प्रथाले समाजमा असमानता, उत्पीडन,अत्याधिक ऋणका कारण गरिबि जस्ता समस्याहरु अझै पनि देखिने गरेको भन्दै उक्त प्रथालाइ सशक्त सामाजिक सचेतनाको लागि यो चलचित्र निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर