राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण — OSNepal

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

LC (KTM) October 08, 2024 0

काठमाडौँ, २२ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर