नवरात्रका अवसरमा राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो — OSNepal

नवरात्रका अवसरमा राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो

LC (KTM) October 08, 2024 0

काठमाडौँ-शारदीय नवरात्रका अवसरमा राजधानीका शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो । रातमा शक्तिपीठ सिँगार्दा आकर्षक देखिएको मैतीदेवीका स्थानीयवासी इन्दिरासिंह श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

विभिन्न दाताको सहयोगमा राजधानीका शक्तिपीठलाई झिलिमिलि बनाइएको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । यो समयमा देवीको पूजा, आराधना एवं दर्शन गरेमा मनोकामनाा पूरा हुने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर