नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु — OSNepal

नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु

LC (KTM) October 07, 2024 0

काठमाडौँ- यस वर्षको मनसुन   आईतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ ।

केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्काे एक हप्ता लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर