उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता — OSNepal

उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता

LC (KTM) October 07, 2024 0

काठमाडौँ-उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र उर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन उर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा उर्जामन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

“केही व्यक्तिमात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले उर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रुपमा कार्यान्वयनमा लैैजानुपर्ने बताउनुभयो । सम्झौतामा उर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर