टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ गीतको भिडियो सार्वजनिक — OSNepal

टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ गीतको भिडियो सार्वजनिक

LC (KTM) October 06, 2024 0

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ ।

विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर