मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउदै नासाको ‘साइकी मिशन — OSNepal

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउदै नासाको ‘साइकी मिशन

LC (KTM) October 05, 2024 0

नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ ।

नासाका अनुसार यो उपलब्धी मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृ्थ्वीमा सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर