कोरोनाको यो महामारीमा संक्रमितले अस्पतालमा बेड नपाउँदा किन यो अस्पताल तिन दिनभित्र बन्द गर्न दिइयो निर्देशन ? — OSNepal

कोरोनाको यो महामारीमा संक्रमितले अस्पतालमा बेड नपाउँदा किन यो अस्पताल तिन दिनभित्र बन्द गर्न दिइयो निर्देशन ?

LC (KTM) May 16, 2021 0

कपिलवस्तु जेठ २ । कोरोना संक्रमितसँग धेरै रकम लिएको भन्दै जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाले जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।
चन्द्रौटामा रहेको उक्त अस्पिटलको अनुगमन गर्दा सम्बन्धित कागजात नभेटिएकाले उक्त अस्पिटलाई बन्द गर्न तिन दिनको समय दिएको हो ।

संक्रमित बिरामीको आफन्तसँग रकम असुली गरेको सुचनाको आधारमा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माको नेतृत्वमा अनुगमन गर्न अस्पताल पुगेको टोलीले एन।एम।सी नम्बर नभएको, मुल्यसुचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, विक्री बिल जारी नगरेको, म्याद गुज्रिएको औषधि बिक्री भएको, अत्यधिक बढी मुल्यमा औषधि विक्री गरेको लगायतका कार्य गरेको पुष्टि भएकाले उक्त हस्पिटल बन्द गर्न निर्देशन दिइएको बुझिएको छ ।

अहिले उक्त हस्पिटलमा जम्मा तिन जना बिरामीले उपचार गराइरहेकाले उक्त बिरामीलाई डिस्चार्ज गरी बन्द गर्न निर्देशन दिइएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर