‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’ — OSNepal

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’

LC (KTM) October 01, 2024 0

काठमाडौँ, १५ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ ।
“ सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो ।

बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमो रु ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो । हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर