रिमै’को छायांकनको लागि नेपाल आइन ‘कबड्डी’ शृखंलाकी मैंया — OSNepal

रिमै’को छायांकनको लागि नेपाल आइन ‘कबड्डी’ शृखंलाकी मैंया

LC (KTM) October 01, 2024 0

कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा रिमैको छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् ।

‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने सिनेमालाई बिर बहादुर घलेले मिर्नण गर्दैछन् । सिनेमाको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । सिनेमामा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमाको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर