रैथाने नाचको सँरक्षणमा कलाकारको जोड — OSNepal

रैथाने नाचको सँरक्षणमा कलाकारको जोड

admin September 29, 2024 0

काठमाडौं १३ असोज : नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयोजना गरेको त्री दिवसीय रैथाने नृत्य कार्यशालामा कलाकारहरुले यस्तो अपिल गरेका हुन् । नेपालका प्रथम नृत्य निर्देशक निर्देशक भैरवबहादुर थापाले नेपालका यस्ता रैथाने नाच जोगाउन आबस्यक भएको बताए । नाचघरमा आफु नृत्य निर्देशक रहँदा देशभरका विभिन्न नाचलाई सँरक्षण गरेको बताएका छन् ।
बिहिबारदेखि सुरु सुरु भएको ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ शनिबार बेलुका सम्पन्न भएको छ । यो प्रशिक्षणमा देशभरका ६ दर्जन भन्दा बढी कलाकारहरुले नृत्य प्रशिक्षण लिए । उनीहरुलाई नृत्य निर्देशक भैरवबहादुर थापाले प्रमाणपत्र प्रदान गरे ।

सो समारोहमा शिक्षाविध बिधानाथ कोईराला, आदिबासी जनजाती महासँघका अध्यक्ष रामबहादुर थापा, साँसदद्धय शान्ति मोदी, रेणु शाह, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, थारु नृत्य विशेषज्ञ नन्दु चौधरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तमछालीलगायतले रैथाने लोकनृत्य सँरक्षण गर्ने बारेमा आफ्ना भनाई राखे । यस्ता लोकनाच संरक्षणमा सरकारदेखि स्थानीय निकायसम्मको योगदान हुनुपर्ने उनीहरुको कथन थियो ।

राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले यसरी शनिबार विभिन्न वक्ताहरुले कार्यक्रममा व्यक्त गरेको भनाईलाई प्रतिवेदनको रुपमा तयार गरेर नेपाल सरकारलाई बुझाउने सो क्रममा बताए । बिहिबारबाट काठमाडौंमा आयोजना गरेको तीन दिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’को सोचे भन्दा उत्कृष्ट भएको पनि उनले बताए । यो नृत्य प्रशिक्षणमा ६ दर्जन भन्दा बढी कलाकारहरुलाई राई समुदायको साकेला र मगर समुदायको जिवैमामा नाच सिकाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर