प्रधान सेनापति सिग्देलसँग चीनको राजदूतको भेट — OSNepal

प्रधान सेनापति सिग्देलसँग चीनको राजदूतको भेट

LC (KTM) September 29, 2024 0

काठमाडौँ, १३ असोजः प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर