यादवलाई हिसिला यामीको सुझाव : मधेसको मात्र नेता हैन सिंगै देशको प्रधानमन्त्री बन्न आँट गर्नुहोस् — OSNepal

यादवलाई हिसिला यामीको सुझाव : मधेसको मात्र नेता हैन सिंगै देशको प्रधानमन्त्री बन्न आँट गर्नुहोस्

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । जनता समाजवादी पार्टी (जसपा)की नेत्री हिसिला यमीले अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न तयार रहन आग्रह गरेकी छन् । नेत्रृ यामीले अब मधेशको मात्र नेता नभएर सिंगो देशको प्रधानमन्त्री बन्न सुझाव दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब प्रधानमन्त्री हुन आँट गर्नुहोस्, मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्न आँट गर्नु होस् हामी तपाइसँग छौँ भनेकी छन् ।

सरकारमा जाने तयारीको गरेको जसपामा मन्त्री चयनको विषयले भने चर्चा बटुलिरहेको छ । यता संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षबाट नेत्री यमी वा गंगा श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने दबाब दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर