पहिरो खस्दा नाैबिसे–काठमाण्डाै सडक अवरुद्ध,यात्रु बीच बाटोमै अलपत्र — OSNepal

पहिरो खस्दा नाैबिसे–काठमाण्डाै सडक अवरुद्ध,यात्रु बीच बाटोमै अलपत्र

LC (KTM) September 27, 2024 0

पहिरो खस्दा नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् । सडक छिटो खुलाउनेगरी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।निरन्तरको वर्षाका कारण केही सडक आशिंक तथा पूर्णरूपमा अवरुद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर