नवलपरासी १९ साउन । स्रोत नखुलेको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् ।
निजहरुको साथबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ प्रहरीले बरामत गरेको हो ।
लु.१६ प ३७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सोमबार दिउँसो बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट नगदसहित ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्र्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुशन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने प्रहरीले जनाएको छ ।