नायिका गरिमा पन्तले दिइन् छोरीलाई जन्म, खुशी हुँदै सेयर गरिन् यस्तो तस्विर — OSNepal

नायिका गरिमा पन्तले दिइन् छोरीलाई जन्म, खुशी हुँदै सेयर गरिन् यस्तो तस्विर

LC (KTM) August 03, 2021 0

काठमाडौं– नायिका गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् । उनले मंगलबार सामाजिक संजाल फेसबुक मार्फत छोरीलाई जन्म दिएको जानकारी गराएकी हुन् । फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

उनले तस्विर राख्दै लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ छ । उनले बेल्जियममा नै छोरीलाई जन्म दिएकी हुन् । गरिमाले बेल्जियममा व्यवसाय गरिरहेका हरिसँग भेट भएपछि लामो समय प्रेममा परेका थिए त्यसपछि यो जाडी बिबाह बन्धनमा बाधिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर