शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने — OSNepal

शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने

LC (KTM) September 25, 2024 0

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने जनाएको छ । उपत्यकाका बिभिन्न स्थानमा यात्रु सहायता कक्षसहित यहि शनिबारबाट अग्रिम टिकट बुकिङ खुला हुने महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपाध्यक्ष सिटौलाले घटस्थापनाअघि नै सडकहरुको ममर्तसम्भार सक्ने प्रतिवद्धता सरकारी निकायबाट आएपछि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको बताउनुभयो । यात्रुहरुलाई सहज ढंगले यात्रा गराउनका लागि सरोकार निकायसंग निरन्तर छलफल गरिने उहाको भनाइ छ ।

सिटौलाले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै आधिकारिक व्यक्तिबाटमात्रै अग्रिम टिकट काट्न सुझाव दिनुभयो । दशैको १०–१२ दिनभित्र लाखौ सर्वसाधारणलाई सुरक्षित यात्रा गराउनुपर्ने भएकाले केहि कठिनाई हुने भएपनि महासंघले सवै तयारीलाई तीव्र रुपमा अघि बढाउने उहाले बताउनुभयो । उहाले बाटोका कारण हुने कठिनाईको जिम्मेवारी भने महासंघले नलिने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर